२०८० मंसीर २५, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग


काठमाडौं—राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति सिफारिस गर्न गठित सिफारिस समितिले आवेदन माग गरेको छ । बुधबार एक सूचना प्रकाशित गर्दै स्वास्थ्यमन्त्री विरोध खतिवडा नेतृत्वको सिफारिस समितिले उपकुलपतिका लागि आवेदन माग गरेको हो ।

सिफारिस समितिले प्रतिष्ठानको उपकुलपति नियुक्ति सम्बन्धी कार्यविधी, २०७८ बमोजिम योग्यता पुगेका इच्छुक व्यक्तिहरुलाई ७ दिनभित्र आवेदन दिन भनेको छ ।

राप्तीको उपकुलपतिका लागि आवेदन दिन मान्यता प्राप्त संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तिमा स्नातकोत्तर गरेको, कम्तिमा प्राध्यापक वा स्वास्थ्य सेवातर्फको ११ औं तह वा सो सरह काम गरेको हुनुपर्छ ।

प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सहकुलपति खतिवडाको नेतृत्वमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला सदस्य रहेको उपकुलपति सिफारिस समिति गठन गरेका छन् । समितिले तीन जनाको नाम प्रधानमन्त्री समक्ष सिफारिस गर्नेछ । सिफारिस गरिएका व्यक्तिहरुमध्येबाट प्रधानमन्त्रीले एक जनालाई प्रतिष्ठानको उपकुलपति नियुक्त गर्नेछन् ।

प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारीको कार्यकाल २६ मंसिरमा सकिएपछि नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया अगाडि बढाइएको हो । उपकुलपतिको पदावधि ४ वर्षको हुने व्यवस्था छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ