२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौँका यी अस्पताल र नाकाहरुबाट कोभिसिल्ड/भेरोसेल र जोन्सनकाे खोप दिइदै

काठमाडौँका यी अस्पताल र नाकाहरुबाट कोभिसिल्ड/भेरोसेल र जोन्सनकाे खोप दिइदै


काठमाडौँ :- सरकारले कोभिड-१९ विरुद्धको खोप विभिन्न अस्पताल र नाकाहरुबाट दिने भएको छ। एस्ट्राजेनेका/कोभिसिल्ड र भेरोसेलको खोप  अब देखि नियमितरुपमा विहान १० बजे देखि ३ बजेसम्म दिइने काठमाडौँ जिल्ला स्वास्थ्य प्रमुख शम्भु काफ्लेले जानकारी दिए।

उनका अनुसार विरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पतालम सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, टेकु अस्पताल, एपेक्स पोलिक्लिनिक जडिबुटी, वयोधा अस्पताल, बल्खु, शहिद मेमोरियल अस्पताल र नया बसपार्क गंगबुमा खोप केन्द्र तोकिएको छ।

त्यस्तै, विदेश जानेहरुका लागि जोन्सन  खोप विरेन्द्र सैनिक अस्पताल, प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल र टेकु अस्पतालबाट दिइने भएको छ।

फाइजरको पहिलो मात्रा खोप लगाएका १२ देखि १६ वर्षका उमेर समुहले दोस्रो डोज लगाउन बाँकी भएकाले विरेन्द्र सैनिक अस्पतालमा गएर सोमबार १० देखि ३ बजेसम्ममा खोप लगाउन सक्ने स्वास्थ्य प्रमुख काफ्लेले बताए।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ