२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा २६० जना कोभिड-१९ संक्रमित थपिए, ३४९ जना संक्रमणमुक्त

नेपालमा २६० जना कोभिड-१९ संक्रमित थपिए, ३४९ जना संक्रमणमुक्त


काठमाडौं-नेपालमा थप २ सय ६० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ सय ६० जनामा कोभिड पोजेटिभ देखिएको हो ।

यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ८ लाख २६ हजार ९ सय १ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ४९ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ८ लाख १० हजार २ सय ७१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १ जना कोभिड संक्रमितले ज्यान गुमाएका छन् । अहिलेसम्म नेपालमा कोभिड संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय ८२ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ