काठमाडौं–नेपाल स्वास्थ्य व्यवसायी परिषदले लिएको लाइसेन्स परीक्षामा ५६.८४ प्रतिशत परीक्षार्थी पास भएका छन् ।
परिषदले ८ पौषदेखि १० पौषसम्म स्वास्थ्य व्यवसायी अन्तर्गतका प्रमाणपत्र तहदेखि मास्टर्स तहसम्मका परीक्षा संचालन गरेको थियो । पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसमा कम्प्युटर प्रविधिबाटै संचालन भएको परीक्षामा तीन तहका गरी २ हजार ६ सय ४८ परिक्षार्थी परीक्षामा सहभागी रहेको रजिष्ट्रार पुष्पराज खनालले जानकारी दिए ।
उनका अनुसार प्रमाणपत्र तहमा १ हजार ८ सय ११ जना ले फारम भरकोमा ९ सय ६६ जनाले पास गरेका छन् । त्यसैगरी व्याचलर तहमा ७ सय ७९ जनामा ४२ जना र मास्टर्स तहमा ७६ जनाले परीक्षा दिएकोमा ४२ जना उत्तीर्ण भएको परीक्षा समितिका सदस्य सचिव संजय शाहले जानकारी दिए ।
परिषदका रजिष्ट्रार खनालका अनुसार फाराम भरेका १ सय १२ जना विद्यार्थी परीक्षामा अनुपस्थित रहेका थिए । परिषदले लाइसेन्स सम्बन्धी दोस्रो पटक लिखित परीक्षा लिएको हो । परिषदले पहिलोपटक गत भदौमा लिखित परीक्षा लिएको थियो । त्यसअघि विद्यार्थीले सम्बन्धित विषयमा सम्बन्धित वोर्डबाट पास भएको प्रमाणपत्रका आधारमा लाइसेन्स दिदैं आएको थियो ।
लाइसेन्स परीक्षा संचालन गरेसँगै स्वास्थ्य व्यवसाय रोज्ने विद्यार्थीमा गुणस्तर वृद्धि हुने परिषदले दावी गर्दै आएको छ ।
पहिलोपटक लिएको परीक्षामा ६५ प्रतिशत विद्यार्थी पास भएका थिए ।
परिषदले परिक्षाको नतिजा https://nhpc.gov.np/result मार्फत हेर्न सकिने उल्लेख गरेको छ । ।
