२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल निजामति कर्मचारी युनियनले स्वास्थ्यमन्त्रीलाई भन्यो, ‘कर्मचारी सरुवामा राजनीतिक गन्ध देखियो’

नेपाल निजामति कर्मचारी युनियनले स्वास्थ्यमन्त्रीलाई भन्यो, ‘कर्मचारी सरुवामा राजनीतिक गन्ध देखियो’


काठमाडौँ – नेपाल निजामति कर्मचारी युनियनले स्वास्थ्य मन्त्रालयबाट भएका कर्मचारी पद सरुवामा राजनीतिक गन्ध देखिएको जनाएको छ।  युनियनले आइतबार स्वास्थ्यमन्त्री विरोध खतिवडालाई ज्ञापन पत्र बुझाउँदै केहि पद सरुवामा राजनीतिक गन्ध देखिएकोले संसोधन गर्नु पर्ने जनाएको हो।

‘स्वास्थ्य मन्त्रालयबाट भएका केहि शाखा परिवर्तन र पदस्थापना आस्थाका आधारमा गरिएको देखिएको हुँदा नमिलेको विषयमा संसोधन गरियोस, ‘सो ज्ञापनपत्रमा भनिएको छ।

यसको साथै स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारीलाई आगामी दिनमा आस्थाका आधारमा भेदभाव गरिएमा  युनियनले विरोधका कार्यक्रम गर्ने चेतावनी समेत दिएको छ ।

केन्द्रस्थित दरवन्दीमा मे.अ. फार्मेसी, ल्यावतर्फ र अन्य कर्मचारी समायोजन तथा स्तरवृद्धि पनि छिटोभन्दा छिटो गर्न, स्वास्थ्य सेवा एन २०५३ नियामावली २०५५लाई संसोधन सहित प्रतिनिधि सभा अधिवेशनबाट पारित गरी स्वेच्छिक अवकास लागु गर्न र स्वास्थ्यकर्मीहरुको तलबी अध्ययन विदा निर्धारण गरी समानुपातिक तरिकाले अध्यापन गराउने व्यवस्था गर्नुपर्ने युनियनले जनाएको छ ।

त्यसैगरी, संघीय कर्मचारीहरु पाँचौं तथा सातौं तहका फार्मेसी, नर्सिङ, ल्याव, रेडियोग्राफी लगायतका समुहका नियमानुसार स्तरवृद्धि गर्न र पाउनु पर्ने अध्धयन विदामा एकमात्र दरवन्दी रहेको डडेल्धुरा अस्पतालका कारण देखाइ स्तरवृद्धि र अध्ययन विदा आएको रोकावटलाई छिटो निकासा दिन पनि युनियनले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र र कान्ति बाल अस्पतालमा भएको अनियमितामाथि छानविन गर्न समेत स्वास्थ्यमन्त्री खतिवडालाई ज्ञापन पत्रमार्फत युनियनले ध्यानकार्षण गराएको छ।

  ज्ञापनपत्र:


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ