२०८० मंसीर २५, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २१९ जनामा कोभिड पुष्टि

थप २१९ जनामा कोभिड पुष्टि


काठमाडौं-नेपालमा थप २ सय १९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ सय १९ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ८ लाख २६ हजार ९ सय १ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ सय ८३ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ८ लाख १० हजार ७ सय ८० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २ जना कोभिड संक्रमितले ज्यान गुमाएका छन् । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय ८५ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ