काठमाडौं—अत्तरखेलस्थित नेपाल मेडिकल कलेजले अस्पतालको आईसीयु क्षमता विस्तार गर्ने भएको छ । सोमबार मेडिकल कलेजमा आयोजित पत्रकार सम्मेलनका कलेजका प्रबन्ध निर्देशक बसुरुद्धिन अन्सारीले अस्पतालको २३ वेड आईसीयु थपिने जानकारी दिए ।
अहिले अस्पतालमा ७७ बेड आईसीयु सञ्चालनमा छ । २३ वेड आईसीयु थपिएसँगै अस्पतालमा आईसीयु बेडको संख्या १ पुग्नेछ ।
उनकाअनुसार आगामी वर्षभित्र मेडिकल कलेजले अस्पतालमा क्याथल्याब सेटपअ गरेर सञ्चालनमा ल्याउनेछ । अहिले अस्पतालमा १ सिटी स्क्यान र १ एमआरआई मेसिन रहेको जानकारी उनले दिए । अस्पतालमा ५ वटा अल्ट्रासाउण्ड, १ वटा टेस्लाको एमआई र १ सिटी स्क्यान थपिने जानकारी पनि प्रबन्ध निर्देशक अन्सारीले बताए ।
यस्तै, अस्पतालले १ महिनाका लागि आकस्मिक, अन्तरंग जाँच र जनरल बेड निःशुल्क गर्ने भएको छ । ३ सय ७२ जनरल वेड रहेको कलेजको अस्पतालमा सामान्य अवस्थामा बेड शुल्क १ हजार रुपैयाँ छ ।
नेपाल मेडिकल कलेजले सबै सेवामा पत्रकार, तिनका परिवार र आफन्तलाई १० देखि २० प्रतिशत छुट दिनेछ । मेडिकल कलेजले प्रयोगशालालाई सुविधासम्पन्न बनाउने र ब्लड बैक विशेष सेवा पनि प्रदा गर्ने भएको छ ।
