२०८० मंसीर २०, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविदेश जानेहरुका लागि यी ४ अस्पतालबाट जोन्सन खोप दिइदै

विदेश जानेहरुका लागि यी ४ अस्पतालबाट जोन्सन खोप दिइदै


काठमाडौँ – सरकारले विदेश जानेहरुका लागि कोभिड-१९ विरुद्धको जोन्सन एण्ड जोन्सन खोप दिने भएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार एक सूचना जारी गरी उपत्यकाका ४ अस्पतालबाट खोप दिन लागेको जनाएको हो।

मन्त्रालयका अनुसार विरेन्द्र सैनिक अस्पताल, छाउनी, नेपाल प्रहरी अस्पताल, महाराजगन्ज, शसस्त्र अस्पताल, बलम्बु र शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुबाट खोप दिइने व्यवस्था गरिएको छ।

खोप लगाउन जाँदा अनिवार्य पासपोर्ट र भिसा लिएर जानुपर्ने बताइएको छ।

May be an image of 1 person and text


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ