२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१२ वर्षमुनिका बालबालिकालाई कोभिड विरुद्धको खोप दिन पेडियाट्रिक सोसाइटीको माग

१२ वर्षमुनिका बालबालिकालाई कोभिड विरुद्धको खोप दिन पेडियाट्रिक सोसाइटीको माग


काठमाडौं—नेपाल पेडियाट्रिक सोसाइटीले कोभिड—१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितका भेरियन्ट जोखिम बढिरहेको भन्दैं बालबालिकालाई उपयुक्त र सुरक्षित खोप उपलब्ध गराउन माग गरेको छ । ६ पुसमा सोसाइटीका महासचिव डा. कृष्णप्रसाद पौडेलले एक विज्ञप्ती जारी गर्दै १२ वर्षमुनिका बालबालिकालाई उपयुक्त र सुरक्षित खोप उपलब्ध गराउन माग गरेका हुन् ।

ओमिक्रोनसहितका भेरियन्टको संक्रमणको जोखिमकैबीच स्कुलहरु चलिरहेको र बालबालिकामा समेत संक्रमण जोखिम देखिइरहेको भन्दैं सोसाइटीले आफ्नो ध्यानाकर्षण भएको समेत जनाएको छ । सोसाइटीको ६ पुसमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पनि समयमै बालबालिकालाई खोप उपलब्ध गराउन भनेको छ ।

उसले अमेरिका, चीन, फ्रान्स, इटालीलगायतका युरोपेली मुलुकहरुमा बालबालिकालाई खोप दिन सुरु गरिसकेको र अमेरिकी फुड एण्ड ड्रग एडमिनिष्ट्रेशनले समेत केही खोपहरु सिफारिस गरेकाले बालिबालिकालाई खोप दिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

अन्तर्राष्ट्रिय पेडियाट्रिक एशोसिएसनले विज्ञप्ति निकालेर ५ वर्षमाथिका बालबालिकालाई परीक्षण भएका खोपहरु तत्काल दिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ