२०८२ असार २१, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड खोपको अतिरिक्त डोज दिने सरकारको तयारी

कोभिड खोपको अतिरिक्त डोज दिने सरकारको तयारी


काठमाडौँ – सरकारले कोभिड-१९ विरुद्धको खोपको ‘अतिरिक्त डोज’ दिने निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले खोपको ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै  अतिरिक्त डोज दिन लागिएको जानकारी दिए।

सरकारले क्यान्सर, उच्च रक्तचाप, मधुमेह, अङ्ग प्रत्यारोपण गरेका व्यक्ति तथा ६० वर्षमाथिका वृद्धवृद्धालाई खोप दिने तयारी गरेको छ।

उनका अनुसार राष्ट्रिय खोप सल्लाहकार समितिले ६० वर्षभन्दामाथि र दीर्घरोग भएका व्यक्तिलाई अतिरिक्त डोज दिन सिफारिश गरेको थियो। सोही आधारमा सरकारले निश्चित समूहमा खोपको अतिरिक्त डोज दिने निर्णय गरेको हो।

खोपका लागि जिल्ला स्वास्थ्य कार्यालयहरूसँग समन्वय समन्वय गरी भेरोसेल, कोभिशिल्ड र अस्ट्राजेनेका खोप लगाउने तयारी भैरहेको सहप्रवक्ता अधिकारीले बताए ।

मन्त्रालयले अतिरिक्त डोज कहिले दिने भनेर मिति भने तोकिसकेको छैन ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ