२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. भोला रिजाल बंगलादेशको ‘स्वतन्त्रता गोल्डेन जुब्ली अवार्ड’बाट सम्मानित हुँदै

डा. भोला रिजाल बंगलादेशको ‘स्वतन्त्रता गोल्डेन जुब्ली अवार्ड’बाट सम्मानित हुँदै


काठमाडाैं-बंगलादेशका राष्ट्रिय पिता शेख मुजिवन रहमानको शतवार्षिकी तथा बंगलादेश स्वतन्त्र भएको ५० वर्ष पुरा भएको अवसरमा बंगालादेश सरकारले नेपालका वरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. भोला रिजाललाई सम्मान गर्ने भएको छ ।

१६ डिसेम्वरलाई बंगलादेशले स्वतन्त्रता दिवस मनाउँदै आएको छ । स्वतन्त्रता दिवसको अवसरमा घोषणा भएको अवार्डलाई अन्तर्राष्ट्रिय नयाँ वर्षको दिन वितरण गर्ने भएको हो । बंगलादेश सरकारले डा. रिजाललाई स्वतन्त्रता गोल्डेन जुव्ली अन्तर्राष्ट्रिय अवार्ड दिन लागेको हो । ‘बंगलादेश स्वतन्त्र भएको ५० वर्षको अवसरमा बंगलादेश सरकारले सम्मान गर्ने भनेर बोलाएको छ,’ डा. रिजालले हेल्थआवाजसँग भने, ‘नयाँ वर्षकाे दिनमा हुने सेरेमोनिमा भाग लिन भोलि (शुक्रबार) जादैंछु ।’

डा. रिजालले बंगालादेश सरकारबाट सम्मानित हुनु आफूमात्र सम्मानित नभएर बंगलादेशले सम्पूर्ण नेपाली र नेपालको सम्मान गरेको बताए । ‘यो मेरो सम्मान होइन सम्पूर्ण नेपाल र नेपालीको लागि बंगलादेशले देखाएको सम्मान र सदभाव हो,’ उनले भने, ‘यसले नेपाल र बंगलादेशसँगको जनस्तरको सम्बन्ध झनै मजबुत बनाउन सहयोग गर्छ ।’

बंगलादेश सरकारले डा. रिजाललाई सम्मानका लागि पठाएको पत्रमा स्वतन्त्रता (मुक्तिबाहिन) आन्दोलनमा उनले खेलेको भूमिकाको सम्मान गर्दै अवार्ड प्रदान गरिएको उल्लेख छ । डा. रिजालले ११ वर्ष बंगलादेशमा बसेर एमविविएस र पोष्टग्राजुएट अध्ययन पूरा गरेका थिए । उनी बंगलादेश (तत्कालीन पाकिस्तान)मा अध्यनरत रहँदै दुई देश छुट्टिएका थिए । ‘म अध्ययन गर्न जाँदा पाकिस्तान नै थियो,’ उनले भने, ‘हामी अध्ययन गर्दागर्दै दुई देश छुटिएको हो ।’


क्याटेगोरी : समाचार
ट्याग : #डा. भोला रिजाल, #बंगालादेश


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ