२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल फर्मास्युटिकल्स एशोसिएसनले तालिमका आधारमा औषधी बेच्न नदिने

नेपाल फर्मास्युटिकल्स एशोसिएसनले तालिमका आधारमा औषधी बेच्न नदिने


काठमाडौं—नेपाल फार्मास्युटिकल्स एशोसिएसनले तालिमको भरमा औषधी बेच्न नदिने भएको छ । जनस्वास्थ्यमाथि खेलवाड हुने भन्दै एशोसिएसनले तालिमको भरमा कुनै पनि व्यक्तिलाई औषधी बेच्न नदिने बताएका छन्।

औषधी व्यवस्था विभागले तालिम दिएर औषधि बेच्न पाउने विवादास्पद विषयलाई औषधी सल्लाहकार समितिको बैठकमा एजेण्डा बनाएर लैजाने तयारी गरेको छ ।

विभागले उक्त विवादास्पद विषयलाई एजेण्डा बनाउन लागेपछि शुक्रबार एशोसिएसनले समितिका सदस्यसचिव सन्तोष केसीलाई भेटेर यस विषयमा ध्यानाकर्षण समेत गराएको छ।

विभागको उक्त तयारी कुनै पनि हालमा पूरा हुन नदिने एशोसिएसनका महासचिव ललितमोहन पन्तले बताए।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ