२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप २३५ जनामा कोभिड-१९ संक्रमण, ४ जनाको मृत्यु

नेपालमा थप २३५ जनामा कोभिड-१९ संक्रमण, ४ जनाको मृत्यु


काठमाडौं—नेपालमा थप २ सय ३५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २ सय ३५ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमित हुनेको संख्या ८ लाख २८ हजार ४ सय ३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ सय १२ जना कोभिड-१९ संक्रमणबाट मुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ११ हजार ९ सय ५८ पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । यससँगै अहिलेसम्म नेपालमा कोभिड संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय ९४ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ