२०८१ चैत्र ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआईसीयुमा ८३ जना र भेन्टिलेटरमा १९ जना कोभिड–१९ संक्रमितको उपचार हुँदैं

आईसीयुमा ८३ जना र भेन्टिलेटरमा १९ जना कोभिड–१९ संक्रमितको उपचार हुँदैं


काठमाडौं–नेपालमा ८३ जना कोभिड–१९ संक्रमितको आईसीयु र १९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारसम्मको तथ्यांकअनुसार देशका विभिन्न अस्पतालमा ती संक्रमितहरुको उपचार भइरहेको छ ।

१९ जना गम्भीर कोभिड–१९ संक्रमितहरुको भेन्टिलेटरमा उपचार भइरहेकामा सबैभन्दा बढी बागमती प्रदेशमा १७ जनाको उपचार भइरहेको छ । यस्तै, प्रदेश नंं. १ र लुम्बिनी प्रदेशमा १÷१ जना कोभिड–१९ संक्रमितको भेन्टिलेटरमा उपचार जारी रहेको छ ।

मन्त्रालयकाअनुसार ८३ जना कोभिड–१९ संक्रमितको विभिन्न देशका विभिन्न अस्पतालका आईसीयुमा उपचार जारी छ । जसमा बागमती प्रदेशमा ५८ जना, लुम्बिनी प्रदेशमा १२ जना, प्रदेश नं. १ मा ८ जना, गण्डकी प्रदेशमा ३ जनाको आईसीयुमा उपचार भइरहेको छ ।

यसैगरी, सुदूरपश्चिम र प्रदेश नं. २ मा १÷१ जना कोभिड–१९ संक्रमित आईसीयुमा उपचार गराइरहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ