२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ३२६मा कोभिड–१९ पुष्टि, २को मृत्यु

नेपालमा थप ३२६मा कोभिड–१९ पुष्टि, २को मृत्यु


काठमाडाैं–नेपालमा थप ३ सय २६ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ३ सय २६ जनामा कोभिड संक्रमण पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा २ सय ५५ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोभिड–१९ संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १२ हजार ६ सय ७४ रहेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २ जना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । कोभिड–१९ को संक्रमणबाट अहिलेसम्म नेपालमा ११ हजार ५ सय ९८ जनाले ज्यान गुमाएका छन् ।

नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ५  रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ