२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिडका बेला फ्रन्टलाइनमा खटिएर मृत्यु भएका २८ कर्मचारीका परिवारले पाए जनही २५ लाख

कोभिडका बेला फ्रन्टलाइनमा खटिएर मृत्यु भएका २८ कर्मचारीका परिवारले पाए जनही २५ लाख


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को महामारीमा फ्रन्टलाइनमा खटिएर कोभिडबाट मृत्यु भएका २८ जना कर्मचारीका परिवारलाई जनही २५ लाखका दरले क्षतिपूर्ति दिएको हो । मन्त्रालयले कोभिड-१९ बाट मृत्यु भएका १५ जना स्वास्थ्यका कर्मचारी र १३ जना सुरक्षाकर्मीका परिवारलाई जनही २५ लाख क्षतिपूर्ति उपलब्ध गराएको हो ।

त्यसरी क्षतिपूर्तिमा पाउनेहरुमा सुर्खेत प्रादेशिक अस्पतालका चिकित्सक डा. हरिप्रसाद सापकोटा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सवारी चालक सीताराम भण्डारी, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेढियोलोजिष्ट पंकजकुमार यादव, गजेन्द्रनारायण सिंह अस्पतालका फार्मेसी सहायक राजन साफी, कल्याणपुर नगरपालिका सिराहाका जनस्वास्थ्य अधिकृत गौरीशंकर देवका परिवार रहेका छन् ।

यसैगरी, वीर अस्पतालका सिअहेब कालु सिंह, तुर्माखाँद गाउँपालिका अछामका सिअहेब कपिलकुमार श्रेष्ठ, वैजनाथ गाउँपालिका बाँकेकी सिअनमी रम्भा भारती, लुम्बिनी साँस्कृतिक नगरपालिका रुपन्देहीकी सिअनमी गोमाकुमारी गुरुङ, व्यास नगरपालिका दार्चुलाका सिअहेब गजदीश एतवाल, वेदकोट नगरपालिका कन्चनपुरकी सिअनमी सरस्वती कुँवर, जगरनाथपुर गाउँपालिका पर्साका सिअहेब रामसिकिल प्रसाद साह, जिल्ला अस्पताल बैतडीका मेडिकल रेकर्डर मोहनसिंह ठगुन्ना, कान्ति बाल अस्पतालकी स्वीपर कान्छी पोडे र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुनसरीका हेल्पर शम्भु विश्वकर्मा परिवारले जनही २५ लाख क्षतिपूर्ति पाएका छन् ।

मन्त्रालयकाअनुसार कोभिड—१९ का समयमा फ्रन्टलाइनमा खटिएर कोभिड-१९ बाट मृत्यु भएका १३ जना नेपाल प्रहरीका कर्मचारीका परिवारले पनि क्षतिपूर्ति पाएका छन् । सरकारले १ साउन २०७७ देखि फ्रन्टलाइनमा रहेर कोभिड-१९ का कारण ज्यान गुमाउने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतका परिवारलाई २५ लाखका दरले क्षतिपूर्ति गराउने निर्णय गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ