२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारओमिक्रोनविरुद्ध कोभिड खोपको तेस्रो मात्रा ८८ प्रतिशतसम्म प्रभावकारी : अध्ययन

ओमिक्रोनविरुद्ध कोभिड खोपको तेस्रो मात्रा ८८ प्रतिशतसम्म प्रभावकारी : अध्ययन


कोभिड-१९ विरुद्ध लड्न बनाइएका खोपहरुको तेस्रो मात्राले ओमिक्रोन विरुद्ध प्रतिरोधात्मक क्षमता ८८ प्रतिशतसम्म बढाउने दावी गरिएको छ। हालैमा बेलायतमा गरिएको एक अध्ययनले उक्त निस्कर्ष निकालेको हो ।

बेलायतको हेल्थ सिक्योरिटी एजेन्सीको रिपोर्ट अनुसार डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन भेरियन्टमा खोप कम असरदार पाइएको छ । यद्दपी, ओमिक्रोनबाट हुने गम्भीर लक्षणबाट भने जरुर बचाउँछ। बुस्टर डोजले अस्पतालमा भर्ना हुने अवस्था पैदा नहुने एजेन्सीको दावी छ।

खोपको दोस्रो मात्रा लिएको ६ महिना पछि त्यसको असर ५२ प्रतिशत कम हुने हुँदा कोभिड संक्रमणबाट बच्न बुस्टर डोज लगाउन आवश्यक रहेको अध्ययनले देखाएको विज्ञहरुले उल्लेख गरेका छन् ।

रिपोर्टका अनुसार तेस्रो डोजपछि खोपको प्रभावकारिता ५२% बाट ८८ प्रतिशतसम्म पुग्छ। खोपको तेस्रो डोज पछि ओमिक्रोनका केसहरू गम्भीर हुँदैनन्। मानिसहरूमा कम वा कुनै लक्षणहरू नदेखिने हुनसक्छ। त्यस्ता बिरामीहरूको अस्पतालमा भर्ना हुने जोखिम पनि ८१ प्रतिशतले कम हुन्छ। ५ देखि १७ वर्ष उमेर समूहका बालबालिका पनि अस्पताल भर्ना हुनबाट जोगिन्छन्।

ओमिक्रोनका लक्षणहरू भएका बिरामीहरूले बूस्टर डोज प्राप्त गरेपछि अस्पतालमा भर्ना हुने सम्भावना ६८% कम हुने अनुसन्धानकर्ताहरु बताउछन।

त्यस्तै, हालै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले त्यहाँ आइसियुमा भर्ना हुने ९० प्रतिशत संक्रमितले बुस्टर डोज नलगाएको बताएका छन्।कोभिसिल्ड खोपको दुई दुई डोज पनि ओमिक्रोन विरुद्ध प्रभावकारी नभएको अध्ययनले देखाएको छ। विज्ञका अनुसार कोभिसिल्डको दोस्रो डोज लिएपछि ५ महिनाभित्र शरीरमा कोरोनाविरुद्धको प्रतिरोधात्मक क्षमता घट्छ। त्यस्तै, फाइजर र मोडर्नाको दोस्रो डोजबाट बढेको प्रतिरोधात्मक क्षमता ६ महिना पछि ७० देखि १० प्रतिशतमा झर्छ।

-एजेन्सी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ