२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशभारतबाट नेपालगन्ज नाका हुँदै नेपाल आउँदै गरेका १० जनामा कोभिड-१९ संक्रमण

भारतबाट नेपालगन्ज नाका हुँदै नेपाल आउँदै गरेका १० जनामा कोभिड-१९ संक्रमण


नेपालगन्ज – भारतबाट नेपालगन्ज नाका हुँदै नेपाल आउँदै गरेका १० जनामा कोभिड-१९ संक्रमण देखिएको छ । नेपाल आउँदै गरेका ३०७ जनाकाे एन्टिजेनमार्फत जाँच गर्दा १० जनामा पोजेटिभ देखिएको हो ।

भारतकाे हरिद्वारबाट फर्किदै गरेका ४जना, दिल्लीबाट फर्किदै गरेका ४ जना र महाराष्ट्रबाट फर्किदै गरेका २ जना गरी १० जनामा कोरोना संक्रमण देखिएकाे सीमानाका स्थिति हेल्थ डेक्सका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले बताए ।

साउन यता एकैदिनमा यति ठुलाे संख्यामा पहिलाेपटक संक्रमण देखिएकाे हाे । आइतबार भारतबाट फर्किदै गरेका एक पुरुषमा पनि कोरोना संक्रमण देखिएकाे थियो ।

मंगलबार संक्रमण देखिएकामध्ये कालिकोटका चार, दाङका तीन, बाँकेका दुई र कैलालीका एक जना छन । तीमध्ये तीनजना महिला छन् ।
संक्रमितमध्ये ९ जनालाई भेरी अस्पतालको कोरोना वार्डमा र एक जनालाई खजुरा गाउँपालिका १, राधापुरस्थित आइसोलेशन सेन्टरमा पठाइएको छ ।

संक्रमितहरूमा काेराेनाकाे नयाँ भेरियन्ट ओमिक्राेन भए नभएकाे एकिन गर्न उनीहरूकाे स्वाव नमुना परीक्षणका लागि केन्द्रीय प्रयाेगशाला काठमाडौँमा पठाइने ल्याब टेक्निसियन ज्ञवालीले बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ