२०८० मंसीर १३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ३९३ जनामा कोभिड–१९ पुष्टि, ३को मृत्यु

थप ३९३ जनामा कोभिड–१९ पुष्टि, ३को मृत्यु


काठमाडाैं – नेपालमा थप ३ सय ९३  जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ३ सय ९३ जनामा कोभिड संक्रमण पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा २ सय ६३ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोभिड–१९ संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १२ हजार ९ सय३७  रहेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ३ जना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । कोभिड–१९ को संक्रमणबाट अहिलेसम्म नेपालमा ११ हजार ६ सय १ जनाले ज्यान गुमाएका छन् ।

नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ९४  रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ