२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअतिरिक्त खोप दिने कार्यक्रम तत्कालका लागि स्थगित, राष्ट्रिय खोप अभियान द्रूत गतिमा अगाडि बढाइने

अतिरिक्त खोप दिने कार्यक्रम तत्कालका लागि स्थगित, राष्ट्रिय खोप अभियान द्रूत गतिमा अगाडि बढाइने


काठमाडौं—सरकारले अतिरिक्त एक डोज खोप दिने कार्यक्रम तत्काललाई स्थगित गरेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले एक विज्ञप्ति जारी गर्दै तत्कालका लागि अतिरिक्त खोप दिने कार्यक्रम स्थगित भएको जनाएको छ ।

यसअघि मन्त्रालयले १९ पुसदेखि लक्षित वर्गलाई अतिरिक्त एक डोज खोप दिने भनेको थियो । तर, अतिरिक्त खोप दिने भनिएको भोलिपल्ट मन्त्रालयले उक्त खोप कार्यक्रम तत्काललाई स्थगित गरिएको जनाएको हो ।

मन्त्रालयले कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप तत्काल उपलब्ध गराउन महत्वपूर्ण रहेको भन्दैं राष्ट्रिय खोप अभियान द्रुत गतिमा चलाउन आवश्यक रहेको बताएको छ । उसले अतिरिक्त खोप सम्बन्धि प्राविधिक विषयहरु छलफल र तयारी गरी माघ महिनाभित्र जानकारी गराउने उल्लेख गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ