२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सचिवमा रीता जोशी

सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सचिवमा रीता जोशी


धनगढी–केन्द्रिय सरकारले सुदुर पश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सचिवमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सहसचिव(११औ तह) रीता जोशीलाई पठाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारीसमा सोमवारको सामान्य प्रशासन मन्त्री स्तरीय निर्णयबाट उनलाई सामाजिक विकास मन्त्रालयको सचिवको रुपमा पठाइएको संघिय स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

बाग्मती प्रदेशमा समायोजन भएकी उनी समायोजन विरुद्ध सर्बोच्च अदालत गएकी थिइन् । उनले सर्बोच्चबाट अन्तरिम आदेश लिएर आए संगै केन्द्रिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर हुँदै आएकी थिइन्।

लामो समय फालिमा रहेकी उनलाई यस अघिका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले मन्त्रालयको समन्वय महाशाखा प्रमुखको जिम्मेवारी दिएका थिए ।

तर मन्त्री परिवर्तन भई नेकपा एसका नेता विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या मन्त्री भएपछि उनको ठाउमा परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालकी निर्देशक डा संगिता मिश्रलाई सो महाशाखा प्रमुख बनाएसंगै पुनः फाजिलमा थिइन् । सामाजिक विकास मन्त्रालबाट यस अघिका सचिव रघुराम विष्ठ सरुवा भएपछि खाँली रहेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #रीता जोशी, #सुदुर पश्चिम प्रदेश


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ