२०८० मंसीर १७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारलाइभ सेभिङ औषधीको सहज रुपमा आपूर्ति गरिनुपर्ने भन्दैं स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र

लाइभ सेभिङ औषधीको सहज रुपमा आपूर्ति गरिनुपर्ने भन्दैं स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र


विराटनगर—नेपाल औषधी व्यवसायी संघ मोरङले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले मन्त्रालयमा मन्त्री खतिवडालाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।

औषधी क्षेत्रमा देखिएको विकृतिको अन्त्य, लाइभ सेभिङ औषधीको सहज रुपमा आपूर्ति गरिनुपर्ने, औषधीको मुल्य समायोजन गरिनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए ।

संघका अध्यक्ष लक्ष्मी तिम्सिना, उपाध्यक्ष देशबन्दु ढकाल र महासचिव दिनेश ठाकुरले संयुक्त रुपमा स्वास्थ्य मन्त्री खतिवडा, स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ्ग र स्वास्थ्य सचिव डा. रोशन पोखरेलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।

‘अहिले पनि सहज रुपमा बिरामीलाई आवश्यक पर्ने लाइभ सेभिङ औषधीहरु पाउन मुस्किल हुने गरेको छ,’ उपाध्यक्ष ढकालले भने, ‘बिरामीलाई आवश्यक पर्ने औषधी राज्यले सहज रुपमा पाउने व्यवस्था गर्नुप¥यो ।’

औषधी क्षेत्रमा देखा परेको विकृति अन्त्य गरी अहिले औषधीमा बढेको मुल्य राज्यले समायोजन गरिनुपर्ने उनले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ