२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा सरला केसी नियुक्त

नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा सरला केसी नियुक्त


काठमाडौँ – नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा सरला केसी नियुक्त भएकी छिन्। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कुल अफ नर्सिङकी डिन समेत रहेकी केसीलाई अध्यक्षमा नियुक्त गरेको हो ।

स्वास्थ्य मन्त्रालयले गत मङ्सिरमा नियुक्तिको लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको  थियो ।

त्यस्तै, उपाध्यक्षमा शारदा अर्याल, सदस्यहरुमा राधा सिलवाल, रोशनी तुईतुई र रमा पहाडीलाई पनि बैठकले नियुक्त गर्ने निर्णय गरेको छ।

उपाध्यक्षमा नियुक्त भएकी अर्याल वीर अस्पतालमा कार्यरत छिन् ।    सदस्यहरुमा नियुक्त भएकी तुईतुई वीर अस्पतालको नर्सिङ प्रमुख हुन् भने पहाडी विनायक नर्सिङ क्याम्पसकी प्रिन्सिपल हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ