२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप २४ जनामा देखियो ओमिक्रोन

नेपालमा थप २४ जनामा देखियो ओमिक्रोन


काठमाडौं- नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ।  शुक्रबार  स्वास्थ्य तथा मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी थप २४ जनामा संक्रमण पुष्टि भएको जनाएको हो।

मन्त्रालयका अनुसार पुष महिनामा संकलित ११४६ नमुना मध्य २४ जनामा उक्त भेरियन्ट पुष्टि भएको हो।

‘पुष महिनामा संकलित ११४६ नमुना मध्ये एस-जिन स्क्रोनिङ्ग गर्दा २ सय ५० वटा नमुना (२२ %) एस-जिन नेगेटिभ पत्ता लागेको छ। एस-जिन नेगेटिभ पत्ता लागेको २४ वटा स्याम्पलमा जीन  सिक्वेन्सिङ गर्दा सबैमा २४ जनामा पोजेटिभ पाइएको हो,’मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यसअघि नेपालमा  २ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो ।

मन्त्रालयले ओमिक्रोनले गर्दा हुन सक्ने अत्याधिक बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालहरुलाई तयारी अवस्थामा रहन र उपचारका लागि आवश्यक अक्सिजन लगायतका सामग्रीको जोहो गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

नेपालमा पनि सो भेरियन्टका केसहरु बढ्दै गएकोले सबैमा सजगता अपनाउन मन्त्रालयको अनुरोध गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ