२०८२ असार १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारलोकसेवाले रद्ध गरेको विज्ञापनबाट कसरी ११ औं तहमा बढुवा सिफारिस भए डा. भुपेन्द्र ?

लोकसेवाले रद्ध गरेको विज्ञापनबाट कसरी ११ औं तहमा बढुवा सिफारिस भए डा. भुपेन्द्र ?


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिको सचिवालयले २३ पुसमा डा. भुपेन्द्रकुमार बस्नेतलाई प्रमुख कन्सल्ट्यान्ट ग्यास्ट्रो इन्टरोलोजिष्ट पद (११ औं तह)मा बढुवा सिफारिस गरेको सूचना प्रकाशित ग¥यो । उनलाई मेडिसिन समूहको ग्यास्ट्रो इन्टरोलोजीमा ११ औं तह बढुवा समितिको २१ पुस २०७८ गतेको निर्णयअनुसार बढुवाका लागि सिफारिस गरिएको थियो ।

डा. बस्नेतलाई बढुवाका लागि सिफारिस गर्नुको कारण कार्यक्षमताको मुल्यांकन प्रक्रियाद्वारा हुने बढुवाका लागि नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम ७६ र ७७ लाई टेकेर गरिएको उल्लेख छ । तर, जुन पदका लागि बढुवा समितिले उनलाई सिफारिस ग¥यो त्यसमा त्यही विज्ञापनलाई लोकसेवा आयोगले १५ कात्तिकमा रद्ध गरिसकेको पाइएको छ ।

हेल्थआवाजले प्राप्त गरेको रद्ध गरिएको सूचनामा स्वास्थ्य मन्त्रालयको च.नं. ८८५/०७८/०७९, १४ कात्तिक २०७८ को पत्रअनुसार स्वास्थ्य सेवा, मेडिसिन समूह, ग्यास्ट्रो इन्टेरोलोजी उपसमूह ११ औं तह प्रमुख कन्सल्ट्यान्ट ग्यास्ट्रो इन्टेरोलोजी पदमा माग पद संख्या १ मात्र कायम गरिदिन लेखी आएकाले १५ कात्तिक २०७८ को निर्णयअनुसार देहाय बढुवा रद्ध गरिएको व्यवहोरा सम्बन्धि जानकारीका लागि यो प्रकाशित गरिएको छ भनी उल्लेख छ ।

रमाइलो के छ भने रद्ध गरिएको बढुवाको सूचना नं. र स्वास्थ्य मन्त्रालयले बढुवा सिफारिस गरेको सूचना नं. एउटै छ । बढुवा समितिले रद्ध गरेको विज्ञापन बढुवा सूचना नं. ६२/०७८/०७९ रहेको छ । जसको प्रकार कार्यक्षमता मुल्यांकनका आधारमा हुने उल्लेख छ । सोही नं.को रद्ध गरिएको विज्ञापनलाई नै कार्यक्षमताकै आधारमा बढुवा सिफारिस गरिएको छ । अझ रोचक त के छ भने बढुवा समितिले २७ असोज २०७८ को सूचनालाई आधार मानेर बढुवा सिफारिस गरेको छ । तर, १५ कात्तिक २०७८ सूचना रद्ध गरिएको सूचनालाई पनि बेवास्ता गरिएको छ ।

यस विषयमा लोकसेवा आयोगका प्रवक्ता तोयनारायण सुवेदीसँग हेल्थआवाजले सम्पर्क गर्दा उनले यो विषय मन्त्रालयले कसरी ग¥यो भन्ने विषय आफूहरुलाई थाहा नभएको बताए । ‘मन्त्रालयले कसरी बढुवा सिफारिस ग¥यो हामी कहाँ आइपुगेको छैन,’ उनले भने, ‘यस विषयमा मन्त्रालयलाई नै सोध्नुहोस् ।’

यस विषयमा स्वास्थ्य मन्त्रालय अधिकारीहरुसँग सम्पर्क गर्दा उनीहरु यस विषयमा बोल्न चाहेनन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ