२०८१ साउन १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१५ माघसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

१५ माघसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय


काठमाडौं—कोभिड—१९ को संक्रमण बढ्दैं गएपछि शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार विहान बसेको मन्त्रालयको बैठकले कोभिड—१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को को सिफारिस बमोजिम १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हेल्थआवाजलाई बताए । ‘सीसीएमसीसीको सिफारिस कार्यन्वयन गर्ने निर्णय भएको छ,’ उनले भने ।

विश्वविद्यालय र प्रतिष्ठानका पूर्व निर्धारित वार्षिक र सेमेष्टर प्रणालीका परीक्षाहरु भने नरोकिने शिक्षा मन्त्रालयले स्पष्ट पारेको छ ।

यसअघि कोभिड—१९ को संक्रमण तीब्र बनेपछि आइतबार बसेको सीसीएमसीसीको बैठकले १५ दिन विद्यालय बन्द गर्ने, २५ जनाभन्दा बढी भिडभाड हुन नदिनेलगायतका सिफारिस सरकारलाई गरेको थियो । सोही सिफारिस बमोजिम शिक्षा मन्त्रालयले स्कुल बन्द गर्ने निर्णय गरेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ