२०८१ असोज १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालय मातहतका कर्मचारीले तीन दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने

स्वास्थ्य मन्त्रालय मातहतका कर्मचारीले तीन दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका कर्मचारीहरुले तीन दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ । २५ पुसमा स्वास्थ्य मन्त्रालयले एक परिपत्र जारी गर्दै मातहतका कर्मचारीलाई तीन दिनभित्र सम्पत्ति विवरण बुझाउन भनेको छ ।

मन्त्रालयले मातहतका विभागहरु, प्रतिष्ठानहरु, केन्द्रहरु, अस्पतालहरु र परिषद्हरुमा कार्यरत निजामती कर्मचारी बाहेकका कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन भनेको छ ।

‘यस मन्त्रालयअन्तर्गत विभागहरु, प्रतिष्ठानहरु, केन्द्रहरु, अस्पतालहरु र परिषद्हरुमा कार्यरत रहेका कर्मचारीहरु निजामती बाहेकका अस्थायी/स्थायी, करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरुले आ.ब. २०७७/०७८ को सम्पत्ति विवरण बुझाएको सम्बन्धि तपशिलको ढाँचामा ३ (तीन) दिनभित्र अनिवार्य रुपमा यस मन्त्रालयको आन्तरिक प्रशासन शाखाले प्राप्त गर्ने गरी पठाइदिनुहुन अनुरोध छ,’ मन्त्रालयले भनेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ