२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभोलिदेखि १२ देखि १८ वर्षमुनिकालाई फाइजर र मोडर्नाको खोप दिइदैं

भोलिदेखि १२ देखि १८ वर्षमुनिकालाई फाइजर र मोडर्नाको खोप दिइदैं


काठमाडौं—सरकारले भोलिदेखि १२ वर्षदेखि १८ वर्षमुनिका बालबालिकालाई कोभिड-१९ विरुद्धको फाइजर र मोडर्नाको खोप दिने भएको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकाका तीनै जिल्लाका १२ वर्ष लागेका र १८ वर्षमुनिका सबै बालबालिकालाई फाइजर र मोडर्नाको खोप दिइनेछ ।

१७ वर्ष ११ महिना २९ दिन पुगेकाले पनि यी खोप लगाउन पाउनेछन् ।

यसअघि सिरिन्ज अभाव भएपछि यो खोप अभियान प्रभावित भएको थियो । मन्त्रालयले यी जिल्लाका केही स्थानीय तहमा यो अभियान केही समयअघिदेखि नै सुरु भइसकेको जनाउँदैं नजिकको खोप केन्द्रमा गएर खोप लगाउन अनुरोध गरेको छ ।

फाइजरको खोप ९५ प्रतिशत प्रभावकारी रहेको छ भने मोडर्नाको खोप बालबालिकामा ९४.१ प्रतिशत प्रभावकारी मानिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ