२०८० मंसीर १३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारउपचारका क्रममा सुत्केरीको मृत्युपछि त्रिशुली अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार

उपचारका क्रममा सुत्केरीको मृत्युपछि त्रिशुली अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार


त्रिशुली-उपचारका क्रममा अत्याधिक रक्तश्रावबाट सुत्केरीको मृत्यु भएपछि बिरामीका आफन्तहरुले त्रिशुली अस्पतालमा तोडफोड तथा अस्पतालका कर्मचारीमाथि दुर्व्यवहार गरेका छन् । सोमबार राति ११ः५० बजे २७ वर्षीया स्थानीय महिलाको प्रसुती गराउने क्रममा अत्याधिक रक्तस्रावका कारण मृत्यु भएको थियो ।

बिरामीको मृत्युपछि  अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दैं बिरामीका आफन्तहरु  त्रिशुली अस्पतालको पेडियाट्रिक ओपीडी, इसीजी रुम, सर्जरी ओपीडी र फार्मेसीमा तोडफोड गर्नुका साथै अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमाथि दुर्व्यवहार गरेका छन् । अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेले अस्पतालका विशेषज्ञ चिकित्सहरुले बिरामीलाई बचाउन हरसम्भव सबै प्रयास गर्दा पनि सफल हुन नसकेको बताए ।

‘हाम्रा विशेषज्ञ चिकित्सकहरुले बिरामीलाई बचाउन अत्याधिक प्रयास गर्नुभएको हो । तर, सफल भएन्,’ उनले भने, ‘बिरामी बचाउन नसकिएपछि अस्पतालको लापरवाही भन्दैं २-३ सय जना स्थानीयहरु आएर अस्पतालको झ्याल ढोकाहरु तोडफोड गरे ।’ उनका अनुसार सो क्रममा अस्पतालका चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीमाथि पनि दुर्वहार भएको छ ।

बिरामीको उपचारमा संलग्न चिकित्सक डा. आश्मा खनालले आफूहरुले बिरामीलाई बचाउन अत्याधिक प्रयास गर्दा सफल नभएको बताइन् । ‘उहाँको यसअघि नर्मल डेलिभरी भएको थियो । त्यही कारण हामीले पनि नर्मल डेलिभरी गराउने भनेर औषधी दिएर हिजोको डेट दिएका थियौं,’ उनले भनिन्, ‘तर, ‘अत्याधिक रक्तस्रावको कारण उहाँलाई बचाउने हाम्रो सबै प्रयास असफल रहे ।’

बिरामीको मृत्युपछि आक्रोशित स्थानीयहरु अस्पताल तोडफोड उत्रिएका थिए । स्थानीयहरुले अहिले पनि अस्पतालमा विवाद जारी राखेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ