२०८१ माघ ३०, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यका १० उच्च अधिकारीको जिम्मेवारी हेरफेर डा. लोहनीलाई वीर, डिडिएका विवादित महानिर्देशक हटाइए

स्वास्थ्यका १० उच्च अधिकारीको जिम्मेवारी हेरफेर डा. लोहनीलाई वीर, डिडिएका विवादित महानिर्देशक हटाइए


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय र मातहतका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । मंगलबार मन्त्री खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका उच्च अधिकारीहरु जिम्मेवारी हेरफेर गरेका हुन् ।

मन्त्री खतिवडा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीलाई वीर अस्पताल सरुवा गरेका छन् । नयाँ संगठन संरचनाअनुसार वीर अस्पतालको नेतृत्व १२ औं तहका प्रमुख विशेषज्ञले गर्ने व्यवस्था छ ।

यसैगरी, औषधीको आफूखुसी मुल्यवृद्धि गरेपछि विवादमा तानिएका औषधी व्यवस्था विभागमा महानिर्देशक नारायण ढकाललाई औषधी प्रयोगशाला पठाइएको छ । औषधीको व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराईलाई ल्याइएको छ ।

राष्ट्रिय एचआईभी एड्स नियन्त्रण केन्द्रकी निर्देशक सुधा देवकोटालाई केन्द्रीय कारागार अस्पताल पठाइएको छ भने उनको ठाउँमा डा. सन्जय ठाकुरलाई ल्याइएको छ । कारागार अस्पतालमा डा. श्रीराम तिवारीलाई राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र लगिएको छ भने त्यहाँका निर्देशक डा. प्रकाश शाहलाई कर्णाली प्रदेश पठाइएको छ ।

लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटालाई मन्त्रालय तान्नका लागि सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरिएको छ भने उनको ठाउँमा डा. राजेन्द्र खनाललाई सिफारिस गरिएको छ ।

वीर अस्पतालका डा. सरोज शर्मालाई कान्ति बाल अस्पताल पठाउने निर्णय गरिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ