काठमाडौँ – प्रदेश लोकसेवा आयोग, गण्डकी प्रदेशले नवौं तहका लागि विभिन्न पदमा १३ जना स्वास्थ्यकर्मी माग गरेको छ। आयोगले बुधबार एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि १३ स्वास्थ्यकर्मी माग गरेको हो।
नर्सिङ प्रशासक, जनस्वास्थ्य प्रशासक, मेडिकल सुपरिटेन्डेन्ट, स्वास्थ्य प्रशासक, कन्सल्ट्यान्ट पेडियाट्रिसियन, कन्सल्ट्यान्ट अब्सट्रेस्टिसियन, कन्सल्ट्यान्ट सर्जन, अर्थोपेडिक सर्जन, साइक्याट्रिस्ट, कन्सल्ट्यान्ट एनेस्थेसियोलोजिष्ट, कन्सल्ट्यान्ट जनरल फिजिसियन, कन्सल्ट्यान्ट जनरल रेडियोलोजिष्ट र कन्सल्ट्यान्ट प्लाथोलोजिष्टमा गरी जम्मा १३ जना नवौं तहका लागि विज्ञापन आव्हान गरिएको छ ।
आयोगले परीक्षा तालिका पनि सार्वजनिक गरेको छ। सूचना अनुसार चैत्र ६ देखि २० गतेसम्म परीक्षा हुनेछ।
विज्ञापन:
