२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारसँग १ करोड २ लाख डोज खोप मौज्दात, स्टोरमा कुन खोप कहाँ कति छ ?

सरकारसँग १ करोड २ लाख डोज खोप मौज्दात, स्टोरमा कुन खोप कहाँ कति छ ?


काठमाडौं—नेपाल सरकारको केन्द्रीय र प्रदेश खोप स्टोरमा गरी १ करोड २ लाख डोज कोभिड-१९ विरुद्धको भ्याक्सिन मौज्दात रहेको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको २७ पुसको तथ्यांकअनुसार सबै बढी टेकुस्थित केन्द्रीय खोप भण्डारमा ७० लाख १७ हजार डोज खोप मौज्दात छ ।

केन्द्रीय खोप भण्डारमा भेरोसेल १० लाख ५७ हजार ५ सय ६० डोज, जोनसोन ३ लाख ६७ हजार ५० डोज, कोभिशिल्ड ३५ लाख ८० हजार ४ सय ५० डोज, फाइजर ४ लाख १० हजार ७ सय ९० डोज र मोडर्ना १६ लाख १२ हजार डोज मौज्दात छ ।

त्यसैगरी, पथलैया केन्द्रीय स्टोरमा ५ लाख ७७ हजार ५ सय डोज रहेको छ । यो सबै खोप कोभिशिल्ड हो ।

प्रदेश नं. १ का लागि विराटनरस्थित कोल्ड चेन स्टोरमा भेरोसेल १ लाख ३१ हजार ४ सय ६० भायल, जोनसोन १ लाख २९ हजार ७ सय ५० भायल कोभिशिल्ड १ लाख ६१ हजार गरी ४ लाख २२ हजार २ सय १० भायल खोप मौज्दात रहेको व्यवस्थापन महाशाखाका वरिष्ठ फर्मासिष्ट बडेबाबु थापाले जानकारी दिए ।

प्रदेश नं. २ को जनकपुर कोल्ड चेन स्टोरमा ६ लाख २८ हजार ५ सय ५७ डोज मौज्दात छ । जसमा भेरोसेल ३९ हजार ७ सय ५७ डोज, जोनसोन ८८ हजार ८ सय डोज, कोभिशिल्ड ५ लाख डोज रहेको छ ।

बागमती प्रदेशअन्तर्गत हेटौडा कोल्ड चेन स्टोरमा ३ जिल्लाका लागि २ लाख ६७ हजार १ सय डोज खोप मौज्दात छ । जसमा भेरोसेल १ लाख ३० हजार २ सय, भेरोसेल—५ आठ हजार १ सय डोज, जोनसोन १ लाख २८ हजार ८ सय डोज रहेको छ ।

बागमती प्रदेशकै १० जिल्लाका लागि टेकुको स्टोरमा ३ लाख ५० हजार २ सय ५९ डोज खोप राखिएको छ । जसमा मोडर्ना १९ हजार ४० डोज, कोभिशिल्ड ४२ हजार ४ सय ४० डोज, जोनसोन २ लाख ७४ हजार ८ सय ५० डोज र भेरोसेल १३ हजार ९ सय २९ डोज मौज्दात छ ।

गण्डकी प्रदेशका लागि पोखरा कोल्ड चेन स्टोरमा ४ लाख ४० हजार २ सय ३५ डोज खोप मौज्दात छ । जसमा मोडर्ना १ लाख ९५ हजार ६ सय डोज, कोभिशिल्ड ४६ हजार ७ सय ६० डोज, जोनसोन ५५ हजार २ सय डोज र भेरोसेल १ लाख ४२ हजार ६ सय ७५ डोज छ ।

लुम्बिनी प्रदेशमा ४ लाख ७ हजार ९ सय ५३ डोज मौज्दात रहेको छ । जसमा कोभिशिल्ड २ लाख ११ हजार डोज, जोनसोन ६९ हजार ६ सय डोज र भेरोसेल १ लाख २७ हजार ३ सय ३५ डोज छ ।

कर्णाली प्रदेशका लागि नेपालगन्ज कोल्डचेन स्टोरमा १७ हजार ७ सय ८० डोज खोप मौज्दात छ । जसमा जोनसोन ७ हजार ५ सय डोज, भेरोसेल—१ छ हजार डोज, भेरोसेल—५ चार हजार २ सय ८० डोज मौज्दात छ । सो प्रदेशको विभिन्न जिल्लामा थप १ लाख ४ हजार ९ सय डोज खोप मौज्दात छ ।

सुदूरपश्चिम प्रदेशको धनगढीस्थित कोल्ड चेन स्टोरमा ७८ हजार ९ सय ७२ डोज खोप मौज्दात रहेको थापाले जानकारी दिए । उनकाअनुसार जसमा भेरोसेल ३ हजार ६ सय २२, जोनसोन ७५ हजार ३ सय ५० डोज रहेको छ । यो बाहेक विभिन्न जिल्लामा पनि पर्याप्त मात्रामा खोप पुगिसकेको थापाले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ