२०८० मंसीर २०, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानमन्त्रीद्वारा वीर अस्पतालमा भएको डा. लोहनीको सरुवा रोक्न स्वास्थ्यमन्त्रीलाई निर्देशन

प्रधानमन्त्रीद्वारा वीर अस्पतालमा भएको डा. लोहनीको सरुवा रोक्न स्वास्थ्यमन्त्रीलाई निर्देशन


काठमाडौं—प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा गरिएको सरुवा रोक्न निर्देशन दिएका छन् । कांग्रेसनिकट चिकित्सक र स्वास्थ्यकर्मीहरुको दबाबपछि प्रधानमन्त्री देउवाले डा.लोहनीको सरुवा स्थगित गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीको निर्देशनपछि सम्भवतः अब डा. लोहनीको सरुवा रोकिनेछ । तर, हेल्थआवाजले यो समाचार तयार पार्दासम्म स्वास्थ्यमन्त्री खतिवडाले यसबारेमा निर्णय गरिसकेका छैनन् । यसअघि उनले वीर अस्पतालको नयाँ संगठन संरचनाअनुसार डा. लोहनीलाई वीरको प्रमुख प्रशासकीय अधिकारीमा सरुवा गरेका थिए ।

तर, अहिले वीरको निमित्त प्रशासकीय अधिकारी रहेका डा. भुपेन्द्र बस्नेतलगायतका कांग्रेस निकट चिकित्सकहरुले उक्त निर्णय परिवर्तन गर्न प्रधानमन्त्री देउवालाई दबाब दिएका थिए । साथै, वीर अस्पतालका केही कर्मचारी समेत डा. लोहनीको सरुवा रोक्नका लागि आन्दोलनमा उत्रेका थिए ।

वीरको नयाँ संगठन संरचनाअनुसार प्रमुख प्रशासकीय अधिकारी १२ औं तहको प्रमुख विशेषज्ञ हुने व्यवस्था छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ