२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारलकडाउन नै समाधान हो भन्ने पक्षमा छैन सरकार : स्वास्थ्यमन्त्री खतिवडा

लकडाउन नै समाधान हो भन्ने पक्षमा छैन सरकार : स्वास्थ्यमन्त्री खतिवडा


काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सरकार लकडाउन नै समाधान हो भन्ने पक्षमा नरहेको बताए । बिहिबार एक कार्यक्रमकमा बोल्दै उनले कोभिड-१९ नियन्त्रणका लागि लकडाउन नै समाधान हो भन्ने पक्षमा नरहेकोले आवश्यकता हेरेर मात्रै लकडाउनको बारेमा सोच्ने बताएका हुन् ।

उनले अन्य देशहरुले गरे भन्दैमा आत्तिएर सजिलैसँग अहिले लकडाउन नगर्ने बताएका छन्। उनले भने,’अब हामी आत्तिएर लकडाउन नै समाधान हो भन्ने पक्षमा छैनौँ। आवश्यकता हेर्रे खास ठाउँमा विचार गरेर हामी लकडाउन गर्नेछौं।’

बढ्दो कोभिड संक्रमण नियन्त्रणको लागि सरकारले विशेष तयारी गरिरहेको समेत उनले बताए। स्वास्थ्यमन्त्री खतिवडाले संक्रमणबाट बच्न स्वास्थ्यको मापदण्डको पालना गर्न र खोप लगाउन छुटेकाले खोप लगाउन समेत् अनुरोध गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ