२०८१ चैत्र १४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसडक दुर्घटनामा परी २६ वर्षीय डेन्टल सर्जनको निधन

सडक दुर्घटनामा परी २६ वर्षीय डेन्टल सर्जनको निधन


काठमाडौँ – २६ वर्षीय डेन्टल सर्जन शशांक पाण्डे सडकमा मृत अवस्थामा फेला परेका छन्। प्रहरीले  बिहिबार बिहान ५ बजे  नुवाकोटको ढुंगेस्थित सडकमा उनको बाइकसँगै मृत अवस्थामा फेला पारेका हुन्।

प्रहरीले उनलाई त्रिशुली अस्पताल लगेको अस्पतालका मेसु डा. दिपेन्द्र पाण्डेले जानकारी दिए। हेल्थआवाजसँग कुरा गर्दै उनले भने,’सडकमा प्रहरीले उनको शव बाइकसँगै फेला पारेको हो। उनको कुन समयमा बाइक दुर्घटना भयो त्यो ठम्याउन सकिएन। मृतकको पर्समा रहेको आइडीकार्ड हेरे पछि मात्रै परिचय खुलेको थियो ।’

मृतकका आफन्तले शवको पोस्टमार्टमका लागि काठमाडौँ लगेका छन्। मृतक डेन्टल सर्जन नुवाकोटको सञ्जीवनी पोलीक्लिनिक एण्ड हस्पिटलमा कार्यरत थिए ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ