२०८० मंसीर १३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा ५हजारभन्दा बढीमा कोभिड-१९ पुष्टि, सक्रिय केस १८ हजार नाघ्यो

नेपालमा ५हजारभन्दा बढीमा कोभिड-१९ पुष्टि, सक्रिय केस १८ हजार नाघ्यो


काठमाडौं – नेपालमा एकैपटक थप ५ हजार ८७  जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ८७  मा संक्रमण पुष्टि भएको छ ।

भारतमा कोभिड-१९ संक्रमण तीव्र रुपमा फैलिएसँगै नेपालमा पनि संक्रमितको संख्या दिनप्रतिदिन ह्वात्तै बढिरहेको छ ।

यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ८ लाख ४५ हजार ५ सय १ पुगेको छ । दैनिक एक/दुई सयको हाराहारीमा देखिने गरेको संक्रमितको संख्या केहि दिनयता निरन्तर वृद्धि भैरहेको छ। कोभिड संक्रमण यस साता निरन्तर उकालो लाग्दो क्रममा छ ।

पछिल्लो २४ घण्टामा थप ३०६ जना संक्रमणमुक्त भएका छन्। यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ८ लाख १५ हजार ६ सय ५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ जना कोभिड संक्रमितले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोभिडबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय १३   पुगेको छ ।

यस्तै, शुक्रबार  सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ३५  पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ