२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसिंहदरबारभित्रै मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई कालोमोसो दलियो

सिंहदरबारभित्रै मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई कालोमोसो दलियो


काठमाडौं—सिंहदरबारभित्रै मेडिकल कलेज व्यवसायी सुनिल शर्मालाई विद्यार्थीहरुले कालोमोसो दलेका छन् । शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयमा मेडिकल कलेजहरुले विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको विषयमा भएको सर्वपक्षीय छलफलबाट बाहिरिने क्रममा विद्यार्थीहरुले शर्मालाई कालोमोसो दलेका हुन् ।

विद्यार्थीहरुले छलफलबाट निस्कने क्रममा मन्त्रालयको ढोकैमा नमस्कार गर्ने बहानामा शर्मालाई कालोमोसो दलेका हुन् । अनेरास्ववियुका नेता महेश श्रेष्ठ र अमर पुनले शर्मालाई कालोमोसो दलेका थिए ।

कालोमोसो दलिएका शर्मा मन्त्रालय भित्र मुख धोएर गाडीमा बाहिरिएका थिए । महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले दुई जनालाई नियन्त्रणमा लिएको पुष्टि गरे । ‘होहल्ला गरेको भन्ने कुरा आएको छ,’ उनले भने, ‘त्यहाँ हामीले दुई जनालाई नियन्त्रणमा लिएका छौं ।’

पछिल्लो समय शर्मा अध्यक्ष रहेको विराटनगरस्थित नोबेल मेडिकल कलेज र काठमाडौंस्थित काठमाडौं मेडिकल कलेजमा चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क भन्दा बढी असुल्न खोजेको भन्दैं विद्यार्थीहरु आन्दोलनमा छन् । उनीहरुलाई सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका विद्यार्थी संगठनहरुको समर्थन छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ