२०७८ माघ १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड विरुद्ध अग्रपंक्तिमा खटिने व्यक्तिलाई २ माघबाट बुष्टर डोज दिने

कोभिड विरुद्ध अग्रपंक्तिमा खटिने व्यक्तिलाई २ माघबाट बुष्टर डोज दिने

६० वर्ष माथिकालाई १४ माघ पछि


काठमाडौ–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ नियन्त्रणमा अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई माघको पहिलो हप्ता (२ माघ)बाट दिने भएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले ७ बटै प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश आपुर्ती व्यवस्था केन्द्र र ७७ बटै स्वास्थ्य कार्यालयलाई पत्राचार गर्दै सो जानकारी दिएको हो ।

२६ पौषमा स्वास्थ्य मन्त्री स्तरीय निर्णय गर्दै अग्रपंक्तीमा खटिएका व्यक्तिलाई आइतवारदेखी थप खोप उपलब्ध गराउने र १४ माघ देखी ६० वर्ष माथिका नागरीकलाई थप मात्रामा खोप दिने निर्णय भएको उल्लेख छ ।

कोविड १९ विरुद्धको दुवै खोप लगाएको ६ महिना कटेका व्यक्तिले थप(बुष्टर) डोज पाउने परिपत्रमा उल्लेख छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)