२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारखोप नलिएका संक्रमित गर्भवतीमा प्रसव सम्बन्धि जटिलता बढ्दै

खोप नलिएका संक्रमित गर्भवतीमा प्रसव सम्बन्धि जटिलता बढ्दै


एक अध्ययनका अनुसार गर्भावस्थाको अन्तिम चरणमा जुन महिलालाई कोभिड-१९ हुन्छ। ती महिलाहरूमा जटिलताहरूको बढी जोखिममा हुन्छन्। एडिनबर्ग, ग्लासगो, एबरडीन र अन्य विश्वविद्यालयहरूका अनुसन्धानकर्ताहरूको टोलीकाअनुसार गर्भावस्थाको पहिलो चरणमा संक्रमण हुने महिलाको तुलनामा अन्तिम चरणमा संक्रमित हुनेलाई बढी जटिलता देखिने गर्छ।

हालै जारी गरिएका दुईवटा अध्ययनहरूले खोप नलिएका गर्भवती महिलाहरू र उनीहरूका बच्चाहरूलाई कोभिड-१९बाट हुने जोखिम बढी हुने देखाएको छ। कोभिड खोप उपलब्ध भएदेखि स्कटल्याण्डमा हजारौं गर्भावस्थाहरू ट्र्याक गर्ने पहिलो-प्रकारको विश्लेषणबाट आएको हो। खोप नलगाएका, कोरोना भाइरस संक्रमित महिलाले जन्म दिएको शिशुको मृत्यु हुने वा जन्मिएको पहिलो महिनामै मृत्यु हुने सामान्य गर्भवती संख्याको तुलनामा धेरै बढी सम्भावना रहेको पाइएको छ।

नेचर मेडिसिन पत्रिकामा प्रकाशित परिणामले डाक्टरले दिएको समयभन्दा २८ दिन अघि संक्रमित पाइएको छ भने ती महिला हरुबाट समयभन्दा पहिला शिशु जन्मिने, मृत शिशु जन्मिने देखाएको उल्लेख छन्। उनका अनुसार अधिकांस जटिला कोभिड खोप नलगाएका महिला र कोभिड संक्रमण भएर क्रिटिकल केयरको अवस्थामा पुगेका महिलामा पाइएको छ।

अनुसन्धानकर्ताका अनुसार गर्भवती महिलाहरूमा खोप दिने काम छिटो बढाउनुपर्छ। जसको खोप दर सामान्य जनसंख्याका महिलाहरूको तुलनामा धेरै कम छ। युनिभर्सिटी अफ एडिनबर्गको अशर इन्स्टिच्युटकी सारा स्टकले भनिन्, ‘हाम्रो तथ्याङ्कले गर्भावस्थाको समयमा खोपले गर्भावस्थाको समयमा जटिलताहरूको जोखिम बढाउँदैन। तर, संक्रमणले बढाउँछ।’

गर्भावस्थामा कोभिड खोप महिला र बच्चाहरूलाई कोभिडविरुद्ध रोकथामयोग्य, ज्यान जाने जटिलताहरूबाट जोगाउन आवश्यक छ,’ स्टकले भनिन्। जो एक सल्लाहकार प्रसूति विशेषज्ञ पनि हुन्।

टोलीले स्कटल्याण्डका सबै गर्भवती महिलाहरूको डाटा विश्लेषण गर्‍यो। जसमा डिसेम्बर २०२० र अक्टोबर २०२१ मा खोप सुरु भएको बीचमा गर्भवती भएका ८७,००० भन्दा बढी महिलाहरू समावेश थिए। टोलीले दीर्घकालीन प्रसवकालीन मृत्युको डेटाको विश्लेषण गर्‍यो -जसबाट गर्भावस्थाको २४ हप्ता पछि वा जन्म पछिको पहिलो २८ दिनमा गर्भमा रहेको बच्चाको मृत्यु भएको पाइयो। विश्लेषण अनुसार आमामा कोभिड विकसित भएको २८ दिनभित्र जन्म लिने नवजात शिशुमा प्रसवकालीन मृत्यु दर प्रतिदिन १००० जन्म मध्य २३ थियो। ती मृतक शिशु हुने महिलाहरुले कोरोना खोप लगाएका थिएनन्।

आमाले कोभिड-१९ देखा परेको २८ दिनभित्र जन्मेका लगभग १७ प्रतिशत शिशुहरू आफ्नो निर्धारित मितिभन्दा तीन साताअघि नै समयपूर्व जन्मिएका थिए।

सघन हेरचाह एकाइमा अस्पताल भर्ना हुनु पनि खोप लगाइएकोसंक्रमित गर्भवतीमा निकै सामान्य थियो। गर्भावस्थामा कोभिड-१९ भएका ९८ प्रतिशत महिलाहरूलाई सघन हेरचाहमा भर्ना गरिएको थियो। जसमा ९१ प्रतिशत महिलाले खोप लिएका थिएनन्। टोलीले गर्भावस्थामा कोभिड खोप लिने महिलाहरूमा हुने जटिलता दरहरू पनि अनुगमन गर्‍यो र गर्भावस्थामा खोप सुरक्षित भएको पाए।

एजेन्सी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ