२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोभिड संक्रमणकैबीच जुम्ला काँग्रेसले बोलायो बैठक

कोभिड संक्रमणकैबीच जुम्ला काँग्रेसले बोलायो बैठक


जुम्ला – देशभर तेस्रो कोभिड संक्रमण लहर फैलिएको छ । राजनीतिक दलका कार्यक्रम तथा भेलाले बढी संक्रमण फैलाएको तथ्यहरु सार्वजनिक भएका छन् ।

फैलिदो संक्रमणको बेला राजनीतिक दलले भेला तथा कार्यक्रम गरेकै कारण माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकिकृत समाजबादी पार्टीका अध्यक्ष माधव नेपाल, एमाले शिर्ष नेताहरुलाई संक्रमण भएर अहिले आइसोलेनमा छन् ।

संक्रमित प्रचण्ड र माधव नेपालसँग भेटघाट भएपछि नेपाली काँग्रेस पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि आइसोलेसनमा छन् । रानीतिक दलकै शिर्ष नेताहरुलाई कोरोना संक्रमण भएकै बेला जुम्ला काँग्रेसले माघ ३ र ४ गते जिल्ला कार्यसमितिको बैठक बोलाएको छ ।

संक्रमण फैलावटमा बढी राजनीतिक दल नै सक्रिय रहेको आरोप खेपिरहेको बेला जुम्ला काँग्रेसले कार्य समितिको बैठक बोलाउनु उपयूक्त नभएको स्थानीय बताउन्छन् ।

काँग्रेस जुम्लाले माघ ३ गते पदाधिकारी र माघ ४ गते प्रदेश क र ख सभापति, पालिका सभापति र वडा सभापतिलाई बैठकमा बोलाएको छ । पदाधिकारी र सदस्यसहित ३५ जना, प्रदेश क र ख का सभापति २ जना, पालिका पभापति ८ जना र वडासभापति, ६० जना बैठकमा सहभागिता रहने छन् ।

तर, जिल्ला कोभिड संकट व्यवस्थापन समितिले जिल्लामा २५ जनाभन्दा बढी भेला गरेर कुनै पनि सभा सम्मेलन तथा भेला जमघट गर्न नपाइने भन्दै २७ पुसमा सूचना जारी गरेको छ ।

कोरोना संक्रमणको बेला स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएको नपाएमा र २५ जना बढी भेला तथा सार्वजनिक कार्यक्रम गरी संक्रमण फैलाएमा कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ३ को उपदफा ३ बमोजिम कारवाही गरिने प्रशासनले जनाएको छ ।

काग्रेस जुम्लाका सचिव अर्जनसिंह कठायतले २-३ चरणमा बैठक हुने बताए । उनले भने,’जिल्ला कार्यसमिति ३५ जनाको हो । यसमध्ये धेरैजसो जिल्ला बाहिर भएकाले २५ जना भन्दा बढी सहभागी नगराई कोभिड स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर बैठक सञ्चालन गर्नेछौँ ।’

यस्तै, माघ ४ गतेको बैठकमा पनि ४-४ पालिका विभाजन गरी दुई चरणमा बैठक गर्ने तयारी गरिएको उनले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ