२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड अलर्ट : सरकारले जारी गर्‍यो ३६ बुँदे आदेश (पूर्णपाठसहित्)

कोभिड अलर्ट : सरकारले जारी गर्‍यो ३६ बुँदे आदेश (पूर्णपाठसहित्)


काठमाडौं- सरकारले कोभिड-१९ विरुद्ध रोकथाम र नियन्त्रणका लागि ३६ बुँदे आदेश जारी गरेको छ। नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड-१९को संक्रमण नेपालमा पनि बढ्दै गएको सन्दर्भमा शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले ३६ बुँदे आदेश जारी गर्ने निर्णय गरेको हो।

उक्त आदेशअनुसार माघ मसान्तसम्म सबै प्रकारका सभा, जुलुस, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप २०७८ माघ मसान्तसम्मका लागि सञ्चालन गर्न पाइने छैन। गोष्टि, सम्मेलन समिक्षा बैठकहरु भर्चुअल माध्यमबाट मात्रै गर्न पाइनेछ।

त्यस्तै, सिनेमा हल, डान्सबार, दोहोरी नाचघर लगायतका ठाउँहरु माघ १५ सम्म बन्द हुने र सपिङ मल, डिपार्टमेन्ट स्टोर, सुपर मार्केट वा अन्य प्रकारका पसल एकपटकमा २५ जनाभन्दा बढी हुन नहुने भनिएको छ।

विद्यालय, विश्वविद्यालय, कलेज र ट्युसन सेन्टरहरू, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाउन पर्नेछ।

धार्मिक वा सांस्कृतिक जात्रा, पर्व, विवाह, न्वारन, पास्नी, ब्रतबन्ध, धार्मिक अनुष्ठान, मृत्यु संस्कार लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु सञ्चालन गर्दा ५० जनाभन्दा बढी नहुने र जनस्वास्थ्यको मापदण्ड पालना हुने गरी मात्र सञ्चालन गर्ने पाइने बताइएको छ। मठ मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलहरूमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी २०७८ माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने गराउन पाइनेछ ।

त्यस्तैगरी, पार्टी प्यालेसमा एकपटकमा कुल क्षमताको बढीमा एक तिहाई नबढ्ने गरी बढीमा ५० जना मात्र उपस्थित रहने तथा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गरी सम्बन्धित प्रमुख जिल्ला अधिकारीबाट पूर्व स्वीकृत लिएर मात्र विवाह, ब्रतबन्ध, न्वारन तथा पास्नी जस्ता धार्मिक, सांस्कृतिक, सामाजिक वा अन्य कार्यक्रम सञ्चालन गर्न पाइने निर्णय भएको छ ।

रंगशालमा दर्शकसहितको खेलकुद कार्यक्रम गर्दा एकपटकमा कुल क्षमताको एकतिहाइ मात्र उपस्थित रहने गरी जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गरी सञ्चालन गर्न पाइने छ । उपस्थित दर्शकहरुमध्ये आयोजनाको खर्चमा एक तिहाइ दर्शकलाई र्‍यान्डम छनौटको आधारमा एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउने बताइएको छ ।

२०७८ माघ ७ गते पश्चात त्यस्तो खेलकुद कार्यक्रम खोपको मात्र पूरा गरेका व्यक्तिहरुलाई मात्र खोपकार्डका आधारमा रंगशालामा प्रवेश गर्न दिइने आदेशमा उल्लेख छ।

हेरौं पूर्णपाठ

स्रोत : अनलाइनखबर


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ