२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारऔषधी व्यवस्था विभागमा नयाँ महानिर्देशक हाजिर गरेर हिडे, पुरानाले कुर्सी छाडेनन्

औषधी व्यवस्था विभागमा नयाँ महानिर्देशक हाजिर गरेर हिडे, पुरानाले कुर्सी छाडेनन्


काठमाडौं—औषधी व्यवस्था विभागमा नयाँ महानिर्देशक भरत भट्टराई हाजिर गरेर हिड्नुपर्ने बाध्यतामा परेका छन् । निवर्तमान महानिर्देशक नारायण ढकालले कार्यकक्ष नछोडेपछि भट्टराई हाजिर गरेर बाहिरिएको विभाग स्रोतले जनाएको छ ।

‘अहिले पुरानै महानिर्देशक कार्यकक्षमा हुनुहुन्छ,’ विभाग स्रोतले भन्यो, कार्यकक्ष निवर्तमान महानिर्देशकले नछाडेपछि नयाँ महानिर्देशक हाजिर गरेर बाहिरिनु भएको छ ।’ अघिल्लो मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गरेर विभागको महानिर्देशक परिवर्तन गरेका थिए ।

आफूले पत्र नपाएको भन्दैं आएका निवर्तमान महानिर्देशक ढकाल सुरुवा भएको पत्र आइतबार नै आइसकेको विभाग स्रोतले जानकारी दियो । पत्र आएर रमाना तयार भएतापनि ढकालले रमाना पत्र बुझ्न मानेका छैनन् ।

भट्टराई भने रमाना पत्र लिएर विभागमा महानिर्देशकका रुपमा आइतबारदेखि नै हाजिर भइसकेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ