२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआजबाट अग्रपंक्तिमा खटिनेलाई बुस्टर डोज, कहाँ-कहाँ छन् खोप केन्द्र ?

आजबाट अग्रपंक्तिमा खटिनेलाई बुस्टर डोज, कहाँ-कहाँ छन् खोप केन्द्र ?


काठमाडौँ – कोभिड-१९को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै सरकारले अग्रपंक्तिमा खटिएका कर्मचारीका लागि बुस्टर डोज दिन सुरु गरेको छ। सोमबारबाट काठमाडौंका १७ स्थानका खोप केन्द्रबाट खोप दिइदै छ।

आइतबारदेखि नै बुस्टर डोज अभियान संचालन गर्ने भनिएता पनि तयारी नपुगेका कारण सोमबारबाट दिन थालिएको हो ।

बुस्टर डोज यसअघि कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएको कम्तिमा ६ महिना पूरा भएका व्यक्तिले लगाउन सक्नेछन् । खोप लगाउनका लागि अनिवार्य खोप कार्ड लिएर जानुपर्ने बताइएको छ ।

यी हुन् बुस्टर डोज लगाउन तोकिएका खोप केन्द्रहहरु :-

१. नेपाल प्रहरी अस्पताल, महाराजगन्ज

२.विरेन्द्र सैनिक अस्पताल, छाउनी

३. सहिद मेमोरियल अस्पताल, कलंकी

४. सशस्त्र प्रहरी बल अस्पताल, बलम्बु

५. लोट्से भवन नयाँ, बसपार्क

६. नोबेल अस्पताल, सिनामंगल

७ वीर अस्पताल, महाबौद्ध

८. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु

९. बयोधा अस्पताल, बल्खु

१०. प्रसूति रोग तथा स्त्रीरोग, अस्पताल थापाथली

११. निजामती अस्पताल, नयाँबानेश्वर

१२.जनमैत्री अस्पताल, बालाजु

१३. काठमाडौं मोडल अस्पताल, प्रदर्शनीमार्ग

१४. पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल, सामाखुसी

१५. एपेक्स पोलिक्लिनक, जडिबुटी

१६. नर्भिक अस्पताल, थापाथली

१७. शुभेच्छा अस्पताल, सीतापाइला ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ