२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यकर्मीको मनोबल उठाउने १३ बुँदे कार्य कार्यान्वयन गर्न स्वास्थ्यकर्मी संघको माग

स्वास्थ्यकर्मीको मनोबल उठाउने १३ बुँदे कार्य कार्यान्वयन गर्न स्वास्थ्यकर्मी संघको माग


काठमाडौँ – राष्ट्रिय स्वास्थ्यकर्मी संघले कोभिड महामारीको समयमा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च पार्ने १३ बुँदे कार्यहरु तत्काल कार्यान्वयन गर्न माग गरेको छ। संघले सोमबार संघले प्रेस विज्ञप्ति जारी गरी देशमा तेस्रो लहर आएको अनुमान गरिएको र यसमा सरकारको ध्यान नपुगेको जनाउँदै उक्त १३ बुँदे कार्यहरु तत्काल कार्यान्वयन गर्न माग गरेको हो।

संक्रमितको उपचारमा खटिएको क्रममा संक्रमित भएका स्वास्थ्यकर्मीको लागि आइसोलेशनको व्यवस्था गर्नुपर्ने, स्वास्थ्यकर्मीको नि:शुल्क औषधी उपचार र बीमाको व्यवस्था गर्नुपर्ने संघले माग राखेको छ।

त्यस्तै, कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई दिने भनिएको उच्चजोखिम भत्ता हालसम्म उपलब्ध नभएकोले तुरुन्तै दिन समेत् संघले अनुरोध गरेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ