२०८१ असार ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथपिए ६७३४ नयाँ संक्रमित, सक्रिय केस ३० हजार ८ सय

थपिए ६७३४ नयाँ संक्रमित, सक्रिय केस ३० हजार ८ सय


काठमाडौं – नेपालमा एकैपटक थप ६ हजार ७ सय ३४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ७ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

विश्वभर कोभिड महामारी बढेसँगै नेपालमा पनि संक्रमितको संख्या दिनप्रतिदिन ह्वात्तै बढिरहेको छ ।

पछिल्लो २४ घण्टामा थप ५४७ जना संक्रमणमुक्त भएका छन्। यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ८ लाख १६ हजार ९ सय ८५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ जना कोभिड संक्रमितले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोभिडबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय २३    पुगेको छ ।

यस्तै, सोमबार सक्रिय संक्रमितको संख्या३० हजार ८ सय ७७ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ