२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा कोभिड-१९ विरुद्धको एक डोज ७९ प्रतिशत र दुई डोज ६१ प्रतिशतलाई

नेपालमा कोभिड-१९ विरुद्धको एक डोज ७९ प्रतिशत र दुई डोज ६१ प्रतिशतलाई


काठमाडौं—नेपालमा १८ वर्षमाथिमा ७९.५ प्रतिशत जनसंख्याले एक डोज खोप लगाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ६१ प्रतिशत जनसंख्या दुवै डोज खोप लगाएका छन् ।

तर, १८ वर्षभन्दामुनिकाको पनि हिसाब गर्ने हो भने जम्मा ५२.१ प्रतिशत एक डोज लगाएका छन् । ३९.३९ प्रतिशत दुवै डोज खोप लगाएका छन् ।

यो २ माघसम्मको तथ्यांक भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले बताए ।

हालसम्म ४ करोड ३ लाख ८८ हजार ८ सय ४० डोज खोप नेपालमा भित्रिएको र त्यसमा कम्तिमा १ डोज लगाउने १ करोड ५८ लाख ३७ हजार ६ सय ६१ जना र दुवै डोज लगाउने १ करोड २१ लाख २७ हजार ८ सय २९ रहेको डा. पौडेलले बताए ।

डा. पौडेलले देशभर ८ हजार २ सय २ आइसोलेसन बेड तयारी अवस्थामा रहेको बताए । उनकाअनुसार त्यसबाहेक ३ हजार ८ सय ४६ एचडियु बेड, २ हजार ७ सय ९७ आईसीयु बेड र १ हजार ८ भेन्टिलेटर तयारी अवस्थामा छन् ।

त्यसैगरी, देशभर १३ हजार ९ सय ३९ अक्सिजन सिलिण्डर, ६ सय ९३ अक्सिजन कन्सन्टेटर, ९८ वटा अक्सिजन प्लान्ट र २५ वटा अक्सिजन टंयाकबाट अक्सिजन सप्लाईको व्यवस्था मिलाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ