२०८१ साउन २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपिसिआर परीक्षणको मूल्य घट्यो, लक्षण देखिएकालाई सरकारी अस्पतालमा शुल्क नलाग्ने

पिसिआर परीक्षणको मूल्य घट्यो, लक्षण देखिएकालाई सरकारी अस्पतालमा शुल्क नलाग्ने


काठमाडौँ – सरकारले कोभिड-१९ को पिसिआर परीक्षणको शुल्क निर्धारण गरेको छ। स्वास्थ्य मन्त्रालयले आयोजना गरेको सोमबारको पत्रकार सम्मेलनमा बोल्दै सह-प्रवक्ता समिरकुमार अधिकारीले पिसिआर परीक्षणको नयाँ शुल्क निर्धारण गरेको बताएका हुन्।

उनकाअनुसार अब निजी अस्पतालमा पिसिआर परीक्षणको मूल्य १५ सय तोकिएको छ। सरकारी अस्पतालमा कोभिड-१९ लक्षण देखिएकोले परीक्षण गराउँदा शुल्क नलाग्ने र अन्यको हकमा भने ८ सय शुल्क तोकिएको सहप्रवक्ता अधिकारीले जानकारी दिए।

यसअघि निजी अस्पतालले पिसिआर परीक्षणको शुल्क २ हजार र सरकारी अस्पतालले १ हजार  लिने गरेको थियो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ