२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारले भन्यो—‘कोभिड विरुद्धको खोप बिक्री गरेको थाहा पाए खबर गर्नु’

सरकारले भन्यो—‘कोभिड विरुद्धको खोप बिक्री गरेको थाहा पाए खबर गर्नु’


काठमाडौं–कोभिड–१९ विरुद्धको खोप अवैद्य रुपमा बेचबिखन भइरहेका खबरहरु सार्वजनिक भइरहेका बेला सरकारले त्यस्तो थाहा भएमा प्रहरी, प्रशासन र स्वास्थ्य कार्यलयहरुमा खबर गर्न भनेको छ ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले एक सूचना जारी गर्दै बजारमा कसैले कोभिड–१९ विरुद्धको खोप बेचबिखन भइरहेको थाहा पाउने जो कोहीले स्थानीय प्रशासन, प्रहरी कार्यलय, पालिका वा स्वास्थ्य कार्यलयमा खबर गर्न भनेको छ ।

अवैध रुपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई प्रचलित कानुन बमोजिम कारवाही हुने केन्द्रले जनाएको छ । साथै, बजारमा बेचबिखन भइरहेका खोपहरु नक्कली हुन सक्नेमा सजग रहन पनि भनेको छ ।

यसअघि हेल्थआवाजले काठमाडौंका कर्पोरेट हाउसहरुमा प्रति डोज १ हजार रुपैयाँमा कोभिड–१९ विरुद्धको खोप बेचबिखन हुने गरेको समाचार प्रकाशन गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ