२०८१ असार ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा निरन्तर बढ्दै कोभिड केस, एकैदिन १२ हजार बढीमा संक्रमण

नेपालमा निरन्तर बढ्दै कोभिड केस, एकैदिन १२ हजार बढीमा संक्रमण

सक्रिय केस मात्रै ५७ हजार


काठमाडौँ – थप १२ हजार ३ सय ३८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२ हजार ३ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो।

नेपालमा पछिल्लो साता संक्रमण तीव्र रुपले बढ्दै गैरहेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा ६ सय ४९ संक्रमित निको भएका छन्। ६ जना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा निको हुने संक्रमितको संख्या ८ लाख १८ हजार ८ सय ९ र मृत्यु हुने संख्या ११ हजार ६ सय ३२ पुगेको छ।

बिहिबार सक्रिय संक्रमितको संख्या ५७ हजार ३ सय २८ पुगेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ