२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारतीन दिनभित्रै काठमाडौंमा सिटामोल अभाव अन्त्य हुन्छ : अध्यक्ष श्रेष्ठ

तीन दिनभित्रै काठमाडौंमा सिटामोल अभाव अन्त्य हुन्छ : अध्यक्ष श्रेष्ठ


काठमाडौं– नेपाल औषधी व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले तीन दिनभित्रै काठमाडौंमा सिटामोल अभाव अन्त्य हुने दाबी गरेका छन् । कोभिड-१९ को तेस्रो भेरियन्टसँगै राजधानीमा सिटामोल अभाव चर्किएका बेला अध्यक्ष श्रेष्ठले तीन दिनभित्र अभाव नहुने बताएका हुन् ।

औषधी व्यवसायी संघको पहलमा आपूर्ति वृद्धि भइसकेको उनको भनाइ छ । ‘बिहीबारमात्रै केही सिटामो आएको छ,’ उनले भने, ‘शुक्रबारदेखि ५ देखि १० लाख सिटामोल र प्यारासिटामोल थप हुन्छ ।’

तीन दिनदेखि काठमाडौंमा सिटामोल पाइन छाडेको छ । कोभिड-१९ को औषधि पत्ता नलागेको अवस्थामा हल्का ज्वरो र खोकी कम गर्न सिटामोल प्रयोग हुँदै आएको छ ।

श्रेष्ठका अनुसार औषधी व्यवस्था विभागमा बुधबार मात्रै उद्योगी, व्यवसायीसहित सरोकारवालाको बैठक बसेको थियो । नेपाल औषधी व्यवस्था लिमिटेडले उत्पादन गर्दै आएको सिटामोलको थप १० लाख चक्की दुई दिनभित्रै बजारमा आउने छ ।

सिटामोल र प्यारासिटामोल उत्पादन गर्ने स्वदेशी र विदेशी गरी ३७ वटा कम्पनीले आपूर्ति बढाउन थालेको श्रेष्ठले बताए । आपूर्तिको तुलनामा माग बढेकाले अभाव हुनु स्वभाविक भएको बताउँदै अध्यक्ष श्रेष्ठले आवश्यकताभन्दा बढी स्टोर नगरिदिन अपिल पनि गरे । ‘औषधीको निश्चित म्याद हुन्छ, समय आएपछि काम लाग्दैन,’ उनले भने, ‘आम उपभोक्ताले पनि चाहिनेभन्दा बढी स्टोर नगरिदनु होला ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ